शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारले अर्थमन्त्रीलाई पत्यायो, दोस्रो पटकको कीर्तिमानमा पनि विष्णु पौडेलकै लेखियो नाम

सेयर बजारले तोड्यो कीर्तिमान
बिहीबार, ११ मङ्सिर २०७७, १५ : ५३
बिहीबार, ११ मङ्सिर २०७७

सेयर बजारमा चार वर्ष पछिको चक्र फर्किएको छ । बिहीबार सेयर बजारमा नयाँ कीर्तिमान कायम भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । चार वर्षअघि सबैभन्दा बढी १८८१ बिन्दुमा पुगेको सेयर बजारको रेकर्ड बिहीबार आएर तोडिएपछि लगानीकर्ता उत्साहित भएका हुन् । पहिलो रेकर्डको समयमा अर्थ मन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु प्रसाद पौडेल थिए । संयोग नै मान्नुपर्छ, यसपटक अर्थात दोस्रो रेकर्ड ब्रेक हुँदाको समयमा पनि अर्थमन्त्रीको कुर्सीमा पौडेल नै छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा ‘शिथिल’ बनेको सेयर बजारले पौडेलको आगमनसँगै विस्तारै लय समातिरहेको अवस्था छ भने बजारमा सकारात्मक प्रभाव पर्दै जाँदा उनले जस लिन पाएका छन् । 

तर, लगानीकर्ताहरु भने सेयर बजारका लागि उनले केही पनि नगरेको बताउँछन् । अन्य क्षेत्रलाई सम्बोधन गर्दैगर्दा पुँजीबजार लक्षित कुनै पनि शब्द उनीबाट नआएको लगानीकर्ता बताउँदै आएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले यो पटकको कीर्तिमानीको जस पनि उनको पोल्टामा गएकाले सेयर बजारले उनी प्रति हेर्ने दृष्टिकोण झनै सकारात्मक बन्ने बताए । तर पौडेलले सेयर बजारका लागि केही नगरेको उनको भनाइ छ । उनले भने, ‘अर्थमन्त्रीले पुँजी बजारका लागि केही नगर्दा पनि बजार बढेको छ भने उनले दुई शब्द सेयर बजारको विषयमा सकारात्मक बोलिदिए बजार अझै बढ्थ्यो होला ।’

सामान्यतयाः सेयर बजारमा कुन अर्थमन्त्रीको कालमा कस्तो थियो सेयर बजार हुन्छ भन्ने एउटा मनोवैज्ञानिक सोच पनि छ । यसै विषयलाई लिएर लगानीकर्ताले अर्थ मन्त्रीप्रतिको धारणा समेत बनाउने गर्र्दछन् । पहिलो रेकर्ड ब्रेकले बजारप्रति सकारात्मक छवि बनाएका अर्थमन्त्रीलाई उनी दोस्रोपटक अर्थमन्त्री हुँदा पनि सकारात्मक छवि बनाउने अवसर सेयर बजारले दिएको दिएको छ । यस मानेमा उनलाई लगानीकर्ताहरु भाग्यमानी अर्थमन्त्री मान्छन् । 

लगानीकर्ता राधा पोखरेलले भने पूर्वअर्थमन्त्री डा. यूवराज खतिवडाले नै सेयर बजारको लागि सुधार हुने नीतिगत विषय बनाइदिएर गएको र त्यसको परिणाम अहिले देखिन थालेको दवी गरिन् ।  अहिले बजार राम्रो हुनुमा वर्तमान अर्थमन्त्री भन्दा पनि पूर्व अर्थमन्त्री खतिवडालाईको योगदान रहेको उनको दावी छ।  


उसो त सेयर बजार बढ्नुमा कोरोनाका कारण अन्य क्षेत्रमा बन्द भएको लगानीको अवसर पनि हो । लगानीको विकल्पको रुपमा कतिपयले सेयर बजारलाई लिए । अर्कोतर्फ बैंकहरुसँग प्रशस्तै पैसा भयो र लगानीकर्तालाई लगानी गर्न रकम सहजै उपलब्ध गराउन थाले । त्यसमा पनि सस्तो ब्याजदरमा पछिल्लो केही दिनयता त बैंकहरुले ‘ब्ल्याङ्क ट्रेड’ गर्न समेत ऋण प्रवाह गरिरहेका छन् । यता पहिलो त्रैमासको वित्तीय विवरणले जलविद्युत र बीमामा खासै असर नपरेको देखाएको छ ।  सबै पक्षमा सेयरमैत्री वातावरण गर्दै गएको परिणाम पनि हो आजको रेकर्ड ब्रेक हो ।  बजार अब बुलिस ट्रेण्डतर्फ उन्मुख भएको र बजार अझै बढ्ने केही लगानीकर्ताको विश्लेषण छ । 

 सेयर बजारले तोड्यो कीर्तिमान


आज सेयर बजारले सबै कीर्तिमान तोडेको छ । नेप्से परिसूचक र कारोबार रकम दुबैका किर्तिमानी कायम गरेको हो । साताको अनितम दिन आज बजार १८.४३ अंकले ब १८९३.३४ विन्दुमा अडिएको छ । 
आज बजार खुलेको डेढ घण्टामै ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । सवा १२ बजे उच्चतम विन्दु चुमेको (१९२६.९२)  बजार त्यसपछि ओरालो लाग्न थाल्यो  । १ बजेर ५ मिनेटमा १९०१.७१ विन्दुमा पुगेको थियो ।

१ बजेर २० मिनेटमा १८९५ मा झरेको सेयर बजार पुन उकालो ओरालो हुँदै आज साढे सात अर्ब रुपैया भन्दा बढीको सेयर कारोबार भएको हो । यद्यपि बजारले रेकर्ड कायम गरेको दिन अधिकांश उपसूचक भने ओरालो लागेको छ । आज बैंकिङ समूह सबैभन्दा अगाडि छन् । आजको सेयर बजारमा २०१ कम्पनी सामेल भएका थिए । 

४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । सो समयमा  १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्डलाई पछि पार्दै २०७७ मंसिर ११ गते अर्को इतिहास कायम गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप