ताराको ‘पछ्यौरी’ निराजन र सुशिलाको रोमान्स
शुक्रबार, १२ मङ्सिर २०७७, ११ : ०४
काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ ।
भिडियोमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ । यस अगाडि ताराको गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतले निकैचर्चा पाएको थियो ।
भिडियो :