शीर्ष नेतालाई जनार्दनको आग्रह : आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
(नेकपा) सचिवालय बैठकअघि ट्वीट गर्दै नेता शर्माले ‘आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ ।’
शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न समेत शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
‘आफुुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर । अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ।त्यसो भए बिधिले जित्ने छ । यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा...’शर्माले ट्वीट गर्दै नेताहरुलाई खवरदारी गरेका छन् ।
यसैगरी, अर्का स्थायी समिति सदस्य तथा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले दुवै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका छन् । उनले पार्टी एकता रक्षाका दुवै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् भनेका छन् ।
उनले शनिबार सामाजिक संजालमा लेखेका छन्, ‘म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी