शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सजिल्यै तौल कम गर्न हरेक दिन ‘इमलीको जुस’

बिहीबार, १८ मङ्सिर २०७७, ०८ : ५९
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी – इमली (तित्री) ले खानाको स्वाद बढाउँछ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । अमिलो चटनी बनाउनका साथै अचारमा स्वाद बढाउन पनि इमली सहयोगी बन्छ । 

इमलीको जुसले फ्याट घटाउँछ
इमलीमा थुप्रै प्रकारका गुणहरु पाइन्छ । यसमा भिटामिन सी, ई, बी, क्याल्शियम, आइरन, म्याग्नीज, पोटाशियम, फस्फोरस र फाइबर जस्ता पदार्थहरु भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा हुने बोसो पगाल्न मद्दत गर्छ । 

कसरी बनाउने जुस ? 
इमलीलाई राम्रोसँग धुने र त्यसभित्र भएको बीज निकाल्ने र त्यसलाई दुई गिलास पानीमा हालेर उमाल्ने । त्यसपछि १० मिनेटसम्म उमाल्ने । उम्लिएपछि त्यसलाई निकालेर जुस निकाल्ने त्यसपछि त्यसलाई चिसो हुन छोडिदिने । यो जुस हरेक दिन पिउँदा तौल कम हुन्छ । यसलाई स्वादिष्ट बनाउन मह पनि मिसाउन सकिन्छ । 

पाचन प्रक्रिया तन्दुरुस्त बनाउन र कोलेस्ट्रोल कम गर्न 
इमलीको जुसले अपच हुने, कब्जियत र सुन्निने समस्याबाट टाढा बनाउँछ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । यसका साथै, यसको जुस मुटुको लागि पनि सहयोगी हुन्छ । यसले कालेस्ट्रोल नियन्त्रण गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप