फिल्म निर्देशक घिमिरे सलाई डेस्टिनीसँगको ब्राण्ड एम्बेस्डरमा
काठमाडौं । बरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।
नेपाल सूनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचाँदी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ । निर्देशक घिमिरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै यो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
घिमिरे नेपाली फिल्म क्षेत्रका कलाकार तथा निर्देशक हुन् । लाहुरे, चिनो, दर्पणछाँया लगायत थुपै्र सफल फिल्म दिएका घिमिरेको पछिल्लो समय ‘दपर्ण छाँया २’ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु