शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी

शुक्रबार, ०२ माघ २०७७, १४ : २६
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।

बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।  सुरु भएलगत्तै भारती विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका छन् । विदशेमन्त्री जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । 

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।  बैठक तीन दिनसम्म चल्ने जनाइएको छ । अहिले बैठक जारी छ । दुई देशबीच देखिएको सीमा समस्याका बारेमा छलफल गर्ने भनिए पनि भारतले त्यो विषयमा छलफल नगर्ने संकेत दिएको छ ।  मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप