'हामी नेपाली' को सद्भावना दूतमा राजा घले
विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैरमुनाफामुलक संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।
नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका(नासा)का प्रथम अध्यक्ष ,एसियन प्यासिफिक अमेरिकन काउनसिलका महासचिब प्रथम निर्वाचित नेपाली,अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सद्भावना दूत समेत हुन् । यस्तै दर्जनौ संघ संस्थामा उनि क्रियाशील छन् !
‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया राजा घलेले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण