आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

यौनक्रिडा गरिरहेका प्रहरीलाई स्थानीयले रंगेहात भेटेपछि...

शनिबार, १४ असोज २०७४, १७ : १३
शनिबार, १४ असोज २०७४

रौतहट– रौतहटको इलाका प्रहरी कार्यालय डुमरियामा डयुुटीकै समयमा स्थानीय महिलासँग यौनक्रिडा गरिरहेकाबेला स्थानीयले पक्राउ गरी प्रहरी कार्यालय बुझाएका छन् । 

इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले शुक्रबार राती डयुटीमै रहेको समयमा एक स्थानीय महिलासँग यौनक्रिया गरिरहेको भन्दै कारबाहीको माग प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । 

आरोपी प्रहरी जवानसहित ती महिलालाई हिरासतमा लिएको र घटनाबारे अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले आरोपी प्रहरीले उक्त केटीलाई डयुुुटीको समयमा शुक्रबार राती कार्यालयमा भेटन बोलाएको कारण दोषी देखिएको बताए । तर अन्य घटनाबारे छानविन भइरहेको र उनलाई निलम्बनको प्रकृया सुुरु भइसकेको एसपी पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप