३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
सारांश
- पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एक साधुलाई पक्राउ गरेको छ ।
- पक्राउ परेका द्रव्यनाथ भन्ने सुबिन रानामगरमाथि फागुन ६ गते सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको हत्यामा संलग्न रहेको आरोप छ ।
- चिम्टा र बाँसको चिर्पटले प्रहार गरी हत्या गरिएको र यस घटनामा अन्य दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेर भागेका एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्रव्यनाथ भन्ने सुबिन रानामगर छन् ।
आरोपी मन्दिर परिसरमा २०८२ फागुन ६ मा सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
सन्तोष गिरी भन्ने सन्तोष परियार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर परिसरको १५ नम्बर शिवालयमा मृत अवस्थामा भेटिएका थिए । चिम्टा र बाँसको चिर्पटले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महाशिवरात्रिको मेलामा पशुपति पुगेका भारतीय साधु निरजनाथ समेतको समूहसँग वादविवाद हुँदा समूह मिलेर उनलाई चिम्टा लगायतका बस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्यामा संलग्न आशंकामा यसअघि प्रहरीले भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय नीरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
फागुन ५ मा गिरीको हत्या गरेपछि मुख्य आरोपी द्रव्यनाथ चाहिँ बल्खु हुँदै भारततर्फ लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
-
सुधन फर्किए, प्रश्न जीवितै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण