शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तानसेन नगरपालिकाद्वारा सवारी साधनहरुमा कर असुली स्थगन

बुधबार, १४ माघ २०७७, ११ : १७
बुधबार, १४ माघ २०७७

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र सहायक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले आपत्ति जनाएसँगै नगरपालिकाले त्यस्तो कर असुली तत्कालका लागि स्थगन गरेको छ ।
गुल्मी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगरपालिकालाई मंगलवार ज्ञापन पत्र पठाएको थियो ।
सो सम्बन्धमा रातोपाटीले मंगलबार समाचार प्रकाशित गरेको थियो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले त्यस्तो कर असुली तत्कालका लागि स्थगन गरिएको बुधबार जानकारी दिएका हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘०६९ सालमा स्थानीय मार्ग भनेर तोकिएको र त्यस्ता मार्गमा स्थानीय तहले सेवाशुल्क लिन पाउने व्यवस्था भएबमोजिम हामीले कर लिँदै आएका थियौं, अहिले सडक विभाग र जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय राजमार्ग भनेर पत्र पठाएको छ, यसबारे टुंगो नलागेसम्मका लागि कर असुली बन्द गरिएको हो ।’

गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार उपभोग शुल्कको नाममा तानसेन बजार क्षेत्र भई सञ्चालन हुने साना सवारी साधनहरुमा बुटवल तर्फ जाँदा २० र फर्किदा २० गरी दोहोरो शुल्क असुल्दै आएको थियो । त्यस्तै ठूला सवारी साधनहरुमा ४०÷४० रुपैयाँका दरले दोहोरो शुल्क असुल्दै आएको थियो ।

तानसेन नगरपालिकामा कानुन विपरीत  कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप