श्री ३ हुन लागेका केपी ओलीलाई धराशायी बनाउँछौं: प्रचण्ड
बुटवल । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोधसभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘श्री ३ महाराजधिराज हुन चाहेका केपी ओलीलाई लुम्बिनीले धराशायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डले भने । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।
‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय, स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौं’ प्रचण्डको भनाइ छ ।
उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्वृद्धितर्फ जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण