मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड, कसले कति पाए ?

शुक्रबार, १६ माघ २०७७, १४ : १८
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओआज (माघ १६) बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो । 

यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।

यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप