आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अब कोभिड-१९ का बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै हुने

बुधबार, २८ माघ २०७७, १८ : ५६
बुधबार, २८ माघ २०७७

काठमाडौं । अब कोभिड-१९ संक्रमित बिरामीको  उपचार सरकारी अस्पतालमा मात्रै हुने भएको छ । बुधबारदेखि कोभिड—१९ संक्रमित बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै गर्ने जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सूचीकृत गरेका निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरूको हकमा भने आजको मितिले १० दिनभित्र मात्रै सोधभर्ना गर्ने मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बुधबार मन्त्रालयमा बसेको आइसिएस कमाण्ड बैठकले कोभिडको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुको उपचार प्रक्रिया स्थगित गरेर सरकारी अस्पताललाई मात्रै जिम्मा दिने निर्णय गरेको हो ।

बैठकले खोप अभियानको दोस्रो चरण आगामी २ फागुनबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता डा.गौतमले जानकारी दिए । त्यस्तै अब सरकारी प्रयोगशालामा पीसीआर गराउँदाको शुल्क १ हजार मात्रै लाग्ने समेत उनले जानकारी दिए ।  यसअघि पीसीआरको शुल्क २ हजार तोकिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप