आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु

शुक्रबार, ३० माघ २०७७, १८ : १९
शुक्रबार, ३० माघ २०७७

एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । तमिलनाडुको विरुधुनगरको  एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्ः ‘ तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्री मा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु  । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ । यस घटनामा प्रभावित हुने व्यक्तिहरुलाई तत्काल मद्दत गर्न प्रशासन लागिरहेको छ ।’  त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप