तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु
एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्ः ‘ तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्री मा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ । यस घटनामा प्रभावित हुने व्यक्तिहरुलाई तत्काल मद्दत गर्न प्रशासन लागिरहेको छ ।’ त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण