शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मार्भल्ल एभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक

आइतबार, ०२ फागुन २०७७, १९ : २३
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टीभीएस मोटर कम्पनीले आज मार्भल्स एभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । 

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीभीएस एनटर्क १२५को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।

सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ । 

उक्त अवसरमा बोल्दै टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, ‘टीभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजील र हामी मार्भल यूनिर्भसप्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टीभीएस एनटर्क १२५ को मार्भल एभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ।’

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै भने, ‘हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टीभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कुटर हो । नयाँ टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टीभीएस एनटर्क १२५ को लागी “वाहु फ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।’ 

सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ । 

स्टिल्थ ब्ल्याक 
ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । 

इन्भिन्सिबल रेड
आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउँदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रियक्टर दुबै प्यानलमा छ । सरगर्मीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ । जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्समा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ । 

कम्ब्याट ब्लू
क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेञ्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहँदै, यसमा नम्बर ४१ (१९४१० रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप