विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
वासिङ्टन डीसी । सन् २०२३ मा विश्वका ५९ देशका करिब २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा आएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)ले सार्वजनिक गरेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’बाट यो जानकारी बाहिरिएको हो ।
प्रतिवेदनका अनुसार २०२२ मा २ करोड ४ करोडभन्दा बढी मानिसहरूले अति भोकमरीको सामना गर्नुपरेको थियो । गाजापट्टी र सुडानमा बिग्रँदै गइरहेको खाद्य सुरक्षाका कारण यस्तो भएको बताइएको छ । अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापदण्ड तय गरेका छन् । यो मापदण्डका अनुसार पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौँ चरणमा छन् । यो भोकमरीको चरम स्तर हो ।
एफएओले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गर्नथाले यता भोकमरीबाट पीडितको यो सबैभन्दा बढी संख्या भएको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले बताएकी छिन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौँ मानिस भोकमरीबाट पीडित छन् । जुलाईसम्म गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस पाँचौँ चरणमा पुग्न सक्ने प्रतिवेदनको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण