विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
वासिङ्टन डीसी । सन् २०२३ मा विश्वका ५९ देशका करिब २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा आएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)ले सार्वजनिक गरेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’बाट यो जानकारी बाहिरिएको हो ।
प्रतिवेदनका अनुसार २०२२ मा २ करोड ४ करोडभन्दा बढी मानिसहरूले अति भोकमरीको सामना गर्नुपरेको थियो । गाजापट्टी र सुडानमा बिग्रँदै गइरहेको खाद्य सुरक्षाका कारण यस्तो भएको बताइएको छ । अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापदण्ड तय गरेका छन् । यो मापदण्डका अनुसार पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौँ चरणमा छन् । यो भोकमरीको चरम स्तर हो ।
एफएओले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गर्नथाले यता भोकमरीबाट पीडितको यो सबैभन्दा बढी संख्या भएको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले बताएकी छिन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौँ मानिस भोकमरीबाट पीडित छन् । जुलाईसम्म गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस पाँचौँ चरणमा पुग्न सक्ने प्रतिवेदनको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा संसदीय दलको बैठक आज
-
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग आज छलफल गर्दै
-
बेलायतमा भएको इंग्ल्याण्डसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)
-
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग
-
हिउँदे अधिवेशन : ठुला नेताबाटै संसदको उपेक्षा
-
नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर