म्यानमारमा चर्कियो सैनिक शासनविरुद्ध आन्दोलन, एकैदिन कम्तिमा १८ आन्दोलनकारीको मृत्यु
सोमबार, १७ फागुन २०७७, ०० : १५
एजेन्सी । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ र उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ भनेको छ ।
आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । उता, त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ । सैनिक सत्ताको विरोधमा बोलेको भन्दै राजदूतलाई हटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासका कार्यमा तीव्रता, नौबिसे–नागढुंगा सुरुङ्गमार्ग सम्पन्न
-
प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर
-
सरकारको नीति तथा कार्यक्रम : यस्ता छन् सरकारका मुख्य प्राथमिकता
-
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने – अर्थतन्त्रमा सुधार आइरहेको छ
-
भारतमा थोक महँगी १३ महिनाकै उच्चस्तरमा