प्रचण्ड र नेपाल निकट कर्मचारी संगठनको संयोजकमा प्याकुरेल
सोमबार, १७ फागुन २०७७, १५ : ०५
काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको हो । एमालेले र माओवादीबीच ०७५ जेष्ठ ३ गते एकता भएपनि कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन ।
आज भएको एकतासभाले तत्कालीन एमाले निकट पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल संयोजक बनेको छ । यस्तै तीनजना सहसंयोजक मध्य माओवादी निकट मणिरत्न श्रेष्ठ, मोहनमान सुनुवार र एमाले निकट प्रेमकुमार खनाल रहेका छन् । दुई महासंघबीचको एकतापछि संगठनको नामा पेसागत महासंघ नेपाल राखिएको छ । एकता घोषणा सभाले ३ सय ३१ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा