मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व मिस नेपाल शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

मङ्गलबार, १८ फागुन २०७७, २१ : ५९
मङ्गलबार, १८ फागुन २०७७


काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

अध्यायनका लागि अगस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप