पूर्व मिस नेपाल शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने
काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।
अध्यायनका लागि अगस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।
खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण