शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी सुरक्षाबीच विप्लवलाई काठमाडौँ ल्याइँदै

शुक्रबार, २१ फागुन २०७७, ०९ : ४१
शुक्रबार, २१ फागुन २०७७

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ ।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए ।

आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप