शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनए यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा रोक

शुक्रबार, २१ फागुन २०७७, २१ : १२
शुक्रबार, २१ फागुन २०७७

यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीले नेपाल एशोसिएसन (एनए) युएईलाई संघको लोगो र संघ सम्बन्धी अन्य गतिविधि गर्न रोक लगाइएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माद्वारा हस्ताक्षरित पत्रमा नेपाल एशोसिएसन (एनए) युएईलाई संघको कुनै पनि गतिविधि र लोगो प्रयोग नगर्न निर्देशन गरिएको हो।

अन्तराष्ट्रिय कार्यकारी सचिवालयको गत सोमबार बसेको बैठकले नेपाल एशोसिएसन (एनए) र गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई विच रहदै आएको विवादको अन्त्य गरेको हो। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई नेपाल एशोसिएसन (एनए) यूएईको नाममा दर्ता भई संघको विभिन्न गतिविधि हुँदै आएको तर सन् २०१९ अगष्टमा प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचन भएपछि गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएई र नेपाल एशोसिएसन यूएईले दुई छुट्टाछुट्टै संस्थाको रुपमा गतिविधि गर्दै आएको भन्दै नेपाल एशोसिएसन युएईलाई संघको लोगो र संघ सम्बन्धी सम्पुर्ण गतिविधि रोक्न पत्रमा उल्लेख गरिएको छ।

निर्वाचन पश्चात् सन् २०१९ अगष्टमा नेपाली दूतावास यूएई र अक्टोबर १९ मा संघको काठमाडौंस्थित सचिवालयमा भएको सम्झौता पत्र अनुसार संघका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले वर्तमान अध्यक्ष प्रकाश कोइलालाई संघको कोष लगायत सम्पुर्ण कागजात १ महिना भित्र हस्तान्तरण गर्ने भनिएको थियो। तर सम्झौता अनुसार निवर्तमान अध्यक्ष श्रेष्ठले एनसीसी युएईलाई कोषको रकम र कागजात नबुझाएको भन्दै १ महिना भित्र  सत्यतथ्य पत्ता लगाई आईसीसीमा प्रतिवेदन बुझाउन मध्यपूर्व संयोजक प्रवीण गुरुङ पत्र लेखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप