शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भिडियोमा अस्ट्रेलियन मोडल म्यानटिन

शुक्रबार, ०६ चैत २०७७, १० : ५६
शुक्रबार, ०६ चैत २०७७

काठमाडौंँ । चर्चित अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली गीतको म्युजिक भिडियोमा देखिएकी छन् । गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर रहेको गीत ‘सुस्तरी’मा म्यानटिनले मोडलिङ गरेकी हुन् ।

म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । उनलाई भिडियो अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग  अध्ययन गरिरहेका नेपाली अनिल गिरीले उतारका हुन् । अनिलकै निर्देशन रहेको भिडिया अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ ।  अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरेका गिरीको निर्देशन रहने नेपाली भिडियो बेलाबेलामा सार्वजनिक हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप