शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडलकी सज्जाको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक

बुधबार, ११ चैत २०७७, १६ : ४७
बुधबार, ११ चैत २०७७

काठमाडौंँ । रियालिटी शो ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ’ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजवंशीको स्वर रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय देख्न सकिन्छ । भिडियोले एकै गाउँका दुई किशोर किशोरीको गाउँले परिवेशमा झाँगिएको प्रेम व्यक्त गरेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमला सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप