बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ

बिहीबार, २६ असोज २०७४, ११ : २९
बिहीबार, २६ असोज २०७४

तुलसीपुर–गएराती पश्चिम दाङमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ परेका छन् । 
शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई रङ्गेहात पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डागी र  वडा सदस्य रत्नबहादुर विष्टसहित गोविन्द बस्नेत, मिन बहादुर खड्का, विर बहादुर विष्ट, राम चौधरी,रत्न बहादुर विष्ट, कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको प्रहरीले जनाएको छ । 
उनीहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए । 
 पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ । 
प्रहरीले करिब ११ बजे राती घरमा छापा मारेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप