स्याङ्जाको करादीमा नेपाल टेलिकमको जीएसएम सेवा, ९८ घरधुरी लाभान्वित
स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरि जीएसएम सेवाको विस्तार गरेको छ ।
करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।
करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो । त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपान्सन मार्पmत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।
त्यसैगरी, हाल जीएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाइन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ ।
सोही क्षेत्रमा एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरि कार्य गरिएको पनि नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण