लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
सारांश
- इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध नरोकेसम्म इरान र अमेरिका-इजरायलबीचको युद्ध अन्त्य नहुने बताएका छन्।
- उनका अनुसार इरानसँग हुने कुनै पनि युद्धविराम सम्झौतामा लेबनानको अवस्था समेटिनुपर्ने र इजरायली सेना लेबनानबाट फिर्ता हुनुपर्ने सर्त छ।
- युद्ध समाप्त भएपछि इरान लेबनानको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको उनले बताए।
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा अन्त्य नभएसम्म अमेरिका–इजरायल र इरानबिचको युद्ध पूर्ण रूपमा समाप्त नहुने बताएका छन्। अराघचीले अरब सञ्चारमाध्यम अल मायादिनसँगको अन्तर्वार्तामा इरानको युद्ध विरामसम्बन्धी धारणा स्पष्ट गर्दै भने, ‘हाम्रो युद्धविरामबारे उही अडान छ र युद्ध अन्त्यबारे पनि उही अडान छ। ’ उनका अनुसार इरानसँग हुने कुनै पनि युद्धविराम सम्झौतामा लेबनानको अवस्था पनि समेटिनुपर्छ।
इरानले यसअघि पनि लेबननलाई समावेश नगरी गरिने युद्धविराम स्वीकार्य नहुने बताउँदै आएको छ। विश्लेषकहरूका अनुसार यो अडानले अमेरिका र इरानबीच चलिरहेको कूटनीतिक वार्तालाई जटिल बनाउन सक्छ। अराघचीले युद्ध अन्त्यको अर्थ इजरायली सेना लेबनानबाट फिर्ता हुनुपर्ने पनि बताए। इजरायलले मार्चको सुरुदेखि इरान समर्थित हिजबुल्लाहविरुद्ध सैन्य कारबाही सञ्चालन गर्दै आएको छ।
बुधबार इजरायल र लेबननबीच युद्धविराम कार्यान्वयन गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने र दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू हटाउनुपर्ने सर्त राखिएको छ। अराघचीले लेबनानका आन्तरिक समस्याहरू समाधान गर्न सबै पक्ष, विशेषगरी हिजबुल्लाह, राष्ट्रिय संवाद प्रक्रियामा सहभागी हुनुपर्ने बताए। हिजबुल्लाह लेबनानको यथार्थको अभिन्न हिस्सा भएको उल्लेख गर्दै विश्व समुदायले यसलाई स्वीकार गर्नुपर्ने धारणा उनले राखे।
उनका अनुसार इजरायलले हिजबुल्लाहलाई कमजोर बनाउने तथा उसका नेताहरूको हत्या गर्ने प्रयास गरे पनि त्यसले संगठनलाई झन् बलियो बनाएको छ। युद्ध समाप्त भएपछि इरान लेबनानको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको पनि अराघचीले बताए। उनले भने, ‘युद्ध समाप्त भएपछि पुनर्निर्माणको काम सुरु होस् भन्ने हाम्रो आशा छ। इरानका जनता र सरकारले लेबनानका आफ्ना मित्रहरूलाई कहिल्यै बिर्सने छैनन्। हामी लेबनानी जनतालाई सहयोग गर्न सक्ने सबै प्रयास गर्नेछौँ,’ ।
तर, इजरायलले हिजबुल्लाहलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा मान्दै आएको छ। धेरै विश्लेषकहरूको भनाइमा इजरायलले भविष्यमा पनि हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रयास जारी राख्ने सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण