शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीहरुका लागि दूतावासको हटलाइन नम्बर २४ सै घण्टा खुला रहने

शनिबार, १८ वैशाख २०७८, २३ : ४४
शनिबार, १८ वैशाख २०७८

काठमाडौं । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भारतको पश्चिम बंगाल राज्यमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई भारतीय नागरिक सरह उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ । शनिबार कोलकातामा बसेको प्रवासी नेपाली संघका प्रतिनिधिहरु सहितको बैठकले सो निर्णय गरेको हो ।

भारतमा यसबेला कोरोना महामारी भयावह अवस्थामा पुगेका बेला दूतावास र संघका प्रतिनिधिहरू सहितको बैठकले नेपालीहरुलाई आपतकालीन अवस्थामा उद्धार, सहयोग, मद्दत गर्ने कार्यमा चौबीसै घण्टा तयारी अवस्थामा रहने निर्णय समेत गरेको छ । बैठकले दूतावासको हटलाइन टेलिफोन चौबीसै घण्टा खुला राख्ने र सोका लागि आवश्यक सेवा र परामर्श उपलव्ध गराउने निर्णय समेत गरेको छ । भारतका पश्चिम बंगाल लगायतका राज्यमा यसबेला कोरोना महामारी तिव्र रुपमा फैलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप