मकवानपुरमा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आज शुक्रबार थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कूल १ सय ७४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा मकवानपुरका १ सय १३ र बाहिरी जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि हुनेमा ५३ जना महिला र ६१ जना पुरुष रहेका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १ सय ११ जना संक्रमित फेला परेका छन् । वडागत रुपमा हेटौँडा–४ का १४ जना महिला र १४ जना पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ ।
हेटौँडा–९ का १८ जना, हेटौँडा–५ का १५ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–८ का ७ जना, हेटौँडा–१ र ११ का ५÷५ जना, हेटौँडा ६ का ३ जना, हेटौँडा–७,१२,१३,१४ र १५ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थाहा नगरपालिकाको २ जना र हेटौंडाकै एक जना वडा खुल्न नसकेका व्यक्तिमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६५ प्रतिशत रहेको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण