स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
सारांश
- स्कटल्यान्डले विश्वकप फुटबलको समूह 'सी' अन्तर्गत हाइटीलाई १-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
- स्कटल्यान्डका लागि जोन म्याकगिनले २८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
- विश्वकपको आफ्नो पहिलो खेलमै जित निकालेसँगै स्कटल्यान्डले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
स्कटल्यान्डले विविश्वकप फुटबलको समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि निर्णायक गोल जोन म्याकगिनले २८औँ मिनेटमा गरेका थिए । यही गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो ।
खेलभर हाइटीले बलियो चुनौती प्रस्तुत गरे पनि बराबरी गोल फर्काउन सकेन। दोस्रो हाफमा हाइटीले लगातार दबाब सिर्जना गर्दै केही उत्कृष्ट अवसर निकालेको थियो, तर स्कटल्यान्डका गोलरक्षक एङ्गस गन र रक्षापंक्तिले टोलीलाई अग्रता जोगाउन सफल भए ।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले महत्त्वपूर्ण तीन अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ, सन् १९७४ पछि विश्वकपमा फर्किएको हाइटीले हारबाट अभियान सुरु गरेको छ ।
कडा प्रतिस्पर्धा भएको खेलमा स्कटल्यान्डले सीमित अवसरको सदुपयोग गर्दै जित निकालेको थियो भने हाइटीले उत्साहजनक प्रदर्शन गरे पनि गोल गर्न नसक्दा अंकविहीन बन्न पुग्यो । विश्वकपको आफ्नो पहिलो खेलमै जित निकालेसँगै स्कटल्यान्डले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण