शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, २५ वैशाख २०७८, १७ : ३६
शनिबार, २५ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये ८ जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका क्रममा २४७ जनामा कोरोना संक्रमण देखिएको हो । 
कास्कीमा पछिल्लो २४ घण्टामा २४० जनामा गरिएको परीक्षणमा १६१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शनिबार कास्कीमा थपिएका संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

त्यसैगरी तनहुँका २७ जनाको परीक्षण गरिएकोमा १८ जनामा संक्रमण देखिएको छ। गोरखामा १५ जनाको परीक्षण गर्दा १ जना र नवलपुरका ९४ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी स्याङजामा ९ जनाको परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको छ । पर्वतका २३ जनाको परीक्षण गर्दा ५,बाग्लुङका ६७ जनाको परीक्षण गर्दा ३६ जना र म्याग्दीमा २० जनाको परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५३० पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय २८ जना रहेको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा १६३ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ५ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप