लुम्बिनीमा प्रदेशमा ३८ पत्रकार संक्रमित
बुटवल । लुम्बिनी प्रदेशमा ३८ पत्रकार कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनीले प्रदेश समितिले दिएको जानकारीअनुसार ३८ पत्रकार कोरोना संक्रमित भएका हुन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकार होम आइसोलेसनमै बसेका छन् ।
यस्तै बाँकेमा १२, दाङमा ४, बर्दियामा ४, पाल्पामा २ तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना पत्रकार संक्रमित भएका छन् । महासचिव विक्रम खड्काद्वारा जारी विज्ञप्तिमा बढ्दो कोरोना नियन्त्रणमा लागि विभिन्न जिल्लामा बिरामी पत्रकारका लागि अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको छ । स्थानीय तह, जिल्लास्थित संघ–संस्था र सहयोगीमार्फत यस्ता आइसोलेशन निमार्ण गरेर सञ्चालनमा लाइएको जनाइएको छ ।
समितिले प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेशन निर्माण गरिएको जनाएको छ । अर्घाखाँची शाखामा भने अन्य संघ–संस्थाको सहकार्यमा संयुक्त रूपमा आइसोलेशन निमार्ण गरिएको विज्ञप्तिमा उल्लेख छ । दाङमा ६ वेडको आइसोलेसन निर्माण गरिएको छ भने अन्य जिल्ला शाखामा ५ बेडका आइसोलेसन निर्माण गरिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण