शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

सोमबार, २७ वैशाख २०७८, २० : ०३
सोमबार, २७ वैशाख २०७८

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउनबाट बन्चित बन्दै आएका थिए । यता, होम आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्य परीक्षणमा पनि समस्या हुँदै आएको थियो ।

यस्तै समस्या बेहोर्दै आएकाहरुको उपचारमा सहजताका लागि कोभिड ओपीडी सेवा सञ्चालन गरिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले बताए । नोबेलले बेग्लै क्षेत्र छुट्याएर बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड ओपीडी सञ्चालन गरेको हो । सो ओपीडीमा डाक्टरहरुले उच्च सावधानी अपनाएर विरामीको स्वास्थ्य परीक्षण गर्ने गर्छन् । ओपीडी दिउँसो मात्र सञ्चालन भएपनि त्यस्ता विरामीको सिटीस्क्यान सेवा भने २४ सै घण्टा गर्ने व्यवस्था मिलाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको उपचारमा समस्या हुँदै आएको पाइएकाले उनीहरुको सहजताका लागि निःशुल्क कोभिड ओपीडी सञ्चालन गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

सरकारले तोकेको अधिकतम शुल्कभन्दा ५ सय रुपैयाँ कम अर्थात १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण हुँदै आएको पनि नोबेल अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको उपचार पनि निःशुल्क गरिँदै आएको अस्पतालले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप