कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण
शुक्रबार, ३१ वैशाख २०७८, १२ : ५१
काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।
‘मुखमा हान्नु जस्तो’ थेगोबाट समेत परिचित पौडेलले हास्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ मा यो थेगो बेलेका थिए । पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेल सानो पर्दामा भने लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा
-
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ
-
आज यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?