शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा थपिए १ हजार बढी संक्रमित

सोमबार, ०३ जेठ २०७८, २० : ११
सोमबार, ०३ जेठ २०७८

प्रदेश १ मा सोमबार १ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्याको आधारमा यो संख्या अहिलेसम्मकै उच्च हो । थप २ हजार २ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको छ ।

मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुषसहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी सुनसरीको इटहरीमा ८२, धरानमा ७२, वराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७, कोशी गाउँपालिकामा ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२, हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा २०, चौबीसीमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, संखुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १, इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सुर्योदयमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना पुष्टि भएको छ ।

पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, तेह्रथुमको मेन्छयाममा ९, म्याङलुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप