आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार पक्षको दावी– इजलास गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन

आइतबार, १६ जेठ २०७८, १३ : ४७
आइतबार, १६ जेठ २०७८

काठमाडौं । सरकार पक्षका वकिलले इजलास गठनमा कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले नै आइतबार आह्वान गरेको बहसमा सरकार पक्षका वकिलले यस्तो तर्क गरेका हुन् ।

नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बेन्च गठनबारे कानुनले नै प्रस्ट भनेको उल्लेख गर्दै यसबारे कानुन व्यवसायीले प्रश्न गर्न नमिल्ने बताए । ‘बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘न्यायाधीशमाथिको अविश्वास भनेको अदालतमाथिको अविश्वास हो ।’ यो विषयलाई अदालतले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

ऋषि कट्टेलको मुद्दामा निर्वाचन आयोगमा प्रचलित कानुन अनुसार पहिला नै दर्ता भइसकेको पार्टीको नाममा त्यही नामको अर्को पार्टी दर्ता हुन पाउने कि नपाउने भन्ने विषय मुख्य रुपमा उठेको उनले बताए । ‘त्यो मुद्दा र यो मुद्दामा कुनै साइनो छैन,’ उनले भने, ‘नेकपा विभाजनपछि के भयो, त्यसमा अदालत जिम्मेवार हुन्छ र ? नाम जोडिँदैमा अर्को मुद्दामा जोड्न मिल्दैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप