लन्डनमा टी १० क्रिकेट प्रतियोगिताको तयारीमा माया इभेन्ट्स
लन्डन । आउँदो १४ जुलाईमा माया इभेन्ट्सले लन्डनमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लब आइजलवर्थमा हुने यस प्रतियोगितामा विजेताको लागि पुरस्कार राशि ५ हजार पाउन्ड राखिएको छ, जुन पुरस्कार राशि बेलायतको नेपाली समुदायमा सबैभन्दा उच्च हो । जसमा उपविजेतालाई २००० पाउन्ड नगद पुरस्कार दिइने पनि माया इभेन्ट्सका सिइयो पाण्डेले जनाए ।
मिडलसेक्स्को टप थ्रीमा पर्ने उक्त पिचमा ४ टिमबिच १० ओभरको प्रतियोगिता आयोजना गरिने पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल, अस्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरूसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबिच प्रतिस्पर्धा हुनेछ ।
अस्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यावसायिक खेलाडी बेलायत आउने पाण्डेले बताए ।
करिब ७० हजार पाउन्ड अर्थात १ करोड १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त दिन लगभग ५ हजार दर्शक उतार्ने आयोजकले बताए । प्रवेश शुल्क ५ पाउन्ड मात्र राखिएको र उक्त स्थानमा क्रिकेट मात्र नभएर बच्चा देखि लिएर ठुला मानिसलाई समेत मनोरञ्जन प्रदान गरिनेछ । कन्सर्ट, नेपाली खाना, राष्ट्रिय पोसाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने छ ।
यसैगरी साङ्गीतिक मनोरञ्जनको लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसँग कुरा भइरहेको पाण्डेले बताए । प्रतियोगितालाई युट्यव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गर्ने आयोजकले जनाएका छन् ।
बेलायतमा माया क्रिकेट क्लब सञ्चालन गर्दै विभिन्न प्रतियोगिता गर्दै आएका पाण्डे पूर्व क्रिकेट खेलाडी समेत हुन् । फुटबल खेलको लागि गोर्खा कप जस्तै क्रिकेटको लागि हालसम्म कुनै उत्सव नभएकाले उक्त प्रतियोगिता गर्न लागेको पाण्डेले बताए । नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि आफूले बेलायत र नेपालबिच पुलको रूपमा काम गरिरहेको उनले बताए ।
महिला खेलाडीहरूलाई यो पटक समेट्न नसकिएको र अर्को पटक समेट्ने पाण्डेले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगिताबाट सकलित रकम खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गरिनेछ । क्रिकेट खेलमा नेपाल र नेपालीको नाम राख्न सफल खेलाडीहरूको सहभागिता रहने भएकाले उनीहरूको हौसला र जोस जाँगरको लागि पनि सबैले मिलेर सहयोग गर्नुपर्ने आयोजकको धारणा छ । प्रतियोगितामा सहभागी भएर बेलायतवासी नेपालीहरूले एक उत्सवको रूपमा सफल पारिदिन सम्पूर्ण बेलायतवासीसँग आयोजकले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा माया क्रिकेट क्लबका क्याप्टेन सचिन शर्मा, क्लबका उपकप्तान एवं पूर्व अन्डर १९ खेलाडी प्रकाश विष्ट, म्यानेजर आशिस भट्ट एवं खेलाडी आशिष कुर्मी पनि सहभागी थिए। पछिल्लो समय नेपाली क्रिकेट खेलाडीहरूले निकै सफलता प्राप्त गरेको र यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप बल मिल्ने उनीहरूको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण