शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च शिक्षा अध्ययनका लागि ‘स्टडि इन्फो सेन्टर डट कम’, घरमै बसीबसी यसरी लिन सकिन्छ विश्वभरका शैक्षिक गन्तव्यबारेको जानकारी

आइतबार, १६ जेठ २०७८, १९ : ४७
आइतबार, १६ जेठ २०७८

काठमाडौं । देश तथा विदेशमा रहेका शैक्षिक गन्तव्यहरु बारेको जानकारी अब हातैमा पाइने भएको छ । ‘स्टडि इन्फो सेन्टर डट कम’ले उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीका लागि घरमै बसीबसी शैक्षिक गन्तव्य बारेको जानकारी अनलाइनमार्फत लिन सक्ने सुविधा प्रदान गरेको हो । 

सामान्यतः प्लस टू सकेपछि कुन कलेज पढ्ने, कुन विषय पढ्ने, कुन ठाउँमा गएर पढ्ने जस्ता प्रश्नले विद्यार्थीहरुलाई पिरोल्ने गरेको पाइन्छ। अधिकांश विद्यार्थीहरुमा उव्जिने उच्च शिक्षाका लागि देश वा विदेश के रोज्ने ? कुन कलेज तथा विश्वविद्यालय छान्ने ? बाहिर कुन सहरमा बस्दा आर्थिक रुपमा सहज हुन्छ ? जस्ता अनेकन सवालहरू अब ‘स्टडि इन्फो सेन्टर डट कम’ मा पाइने भएको छ।  

देश भित्रका कलेज चहार्नुपर्ने र बाहिर नै जाने हो भने पुतलीसडक र बानेश्वरका अनेकन कन्सल्टेन्सी धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै ‘स्टडि इन्फो सेन्टर डट कम’ ले विद्यार्थीहरुका लागि अनलाइन​ सेवा उपलब्ध गराएको हो ।  

२०२० को नोभेम्बरबाट औपचारिक रुपमा शुरु भएको यस कम्पनीको वेबसाइटमा उच्च शिक्षासम्बन्धी अनेकन् जिज्ञासा लिएका २ लाख भन्दा धेरैले भिजिट गरिसकेका छन् भने १० हजार बढी विद्यार्थीहरु विभिन्न सूचनाको माग गर्दै जोडिएका छन् ।

स्टडि इन्फो सेन्टरबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरुले विभिन्न अवसरहरूको पहिचान गर्दै संस्थाले दिने कोर्स सम्बन्धी जानकारी, युनिभर्सिटीको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेको कम्पनीले जनाएको छ। नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थीहरुले सोधपुछ गर्ने गरेको स्टडि इन्फो सेन्टरकी निर्देशक रमला भण्डारीले जानकारी दिइन्।

स्टडि इन्फो सेन्टरले ३०० भन्दा धेरै विश्वविद्यालय र कलेज र अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया डेनमार्क लगायतका १२ बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिरहेको छ । संस्थाले अध्ययन गर्ने कोर्स र कलेज छनोट गर्न मात्र होइन, विद्यार्थीलाई अध्ययन भिसा लिएर आफ्नो अन्तर्राष्ट्रिय डिग्रीको सपना पुरा गर्दै भविष्य सुनिश्चित गर्न सहयोग गर्ने गरेको पनि उनले बताइन्।

विश्वब्यापी चुनौतीको रुपमा फैलिएको कोभिड १९ का कारण मानिसहरुको चहलपहल नै ठप्प भएको अहिलेको अवस्थामा अनलाइन परामर्श निकै लाभदायी बनेको छ । 

घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरूबाट सम्पूर्ण जानकारी निःशुल्क लिन सकिने र गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रक्रिया समेत अघि बढाउन सकिने भएकोले पनि ‘स्टडि इन्फो सेन्टर डट कम’ प्रति विद्यार्थीले चासो दिएको को चासो बढेको निर्देशक भण्डारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप