काउटिन्होलाई भित्र्याउने मार्सेलीको इच्छा
फ्रान्सेली क्लब मार्सेलीले बार्सिलोनाका ब्राजिली मिड फिल्डर फिलिप काउटिन्होलाई भित्र्याउने इच्छा देखाएको छ । काउटिन्होलाई भित्र्याउन आर्सनल र एभर्टन सहितका प्रिमियर लिग क्लबहरुले पनि चासो दिइरहेका छन् ।
गत सिजन घुँडाको चोटका कारण स्वभाविक खेल देखाउन काउटिन्होले पाएनन् । दुईपटक शल्यक्रिया गर्नु परेकाले उनले धेरै खेल खेल्न पाएनन् । यसका बाबजुद मार्सेलीले नयाँ सिजनमा काउटिन्होलाई प्रयोग गर्न चाहिरहेको छ ।
यस सिजन मार्सेलीले युरोपा लिगमा प्रतिस्पर्धा गर्दैछ र उसले त्यस प्रतियोगितामा उत्कृष्ट खेल्ने योजना बनाएको छ ।
काउटिन्होले भर्खरै मात्र सामाजिक सञ्जालमा अभ्यास गरिरहेको भिडियो हालेका थिए । लिभरपुलबाट महङ्गो रकम तिरेर बार्सिलोनाले काउटिन्होलाई भित्र्याएको थियो । तर, उनले क्लबका लागि अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । लिभर पुलमा १ सय ५२ लिग खेलमा ४१ गोल गरेका यी मिड फिल्डरले बार्सिलोनाबाट अहिलेसम्म ६४ वटा लिग खेल मात्र खेलेका छन् । त्यसमा पनि उनले १५ पटक मात्रै गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा