काठमाडौं म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान
आइतबार, ३० जेठ २०७८, १३ : २७
काठमाडौं । काठमाडौं म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाइका सामानहरु वितरण गरेका छन् ।
सी.एम. पाठशाला गोकर्णेश्वर जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो जसले मजदुरहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।