सुशान्तको यादमा रिया लेख्छिन्, 'प्लिज, फर्केर आउ'
बलिउड अभिनेता सुशान्त राजपूतलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जेल समेत गएकी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तको सम्झनामा भावुक स्ट्याटस लेखेकी छन् ।
सुशान्तले आत्महत्या गरेको हिजो एक वर्ष पुगेको दिन उनले सुशान्तको यादमा स्ट्याटस लेखेकी हुन् ।
उनले लेखेकी छन्, “तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।”
रियाले अगाडि लेखेकी छन्, “म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ ।”
उनले उक्त स्ट्याटसमा सुशान्तबिना उनको जिन्दगी नै नरहेको बताएकी छन् । उनले लेखेकी छन्, “तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)