‘घर घरमा योग’ नाराका साथ योग दिवस मनाइयो
‘घर घरमा योग’ नाराका साथ यस वर्षको सातौँ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले आज ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सो दिवसको आयोजना गरेको थियो । दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा भएको कार्यक्रममा योगका विभिन्न आसनहरु देखाइएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए
योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा योगाचार्य सुनील मानले ‘कोभिड–१९ को समयमा योगको औचित्यका’ बारे आफ्नो धारण राखेको दूतावासद्वारा जारी गरिएके विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले भर्चुअलरुपमा निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगिताको समेत आयोजना गरेको थियो । संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण