पहिचान विरोधी नामकरण स्वीकार्य छैन : तुम्बाहाम्फे
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले एक नम्बर प्रदेशको नामकरण लिम्बुवान, किरात-खम्बुवान राख्न प्रस्ताव गरेकी छन् । प्रदेशसभामा जारी बजेट अधिवेशनको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य तुम्बाहाम्फेले नेपालमा संघीयताको जीउँदो इतिहास अरुण पूर्वको लिम्बुवान भएको प्रमाण दाबी पेश गर्दै सो प्रस्ताव गरेकी हुन् ।
तुम्बाहाम्फेले लिम्बुवानको इतिहासलाई नामेट गर्ने गरी भूगोल र सभ्यताको आधारमा नाम राख्ने काम भएको खण्डमा सबैभन्दा बढी लिम्बुवान र त्योसँग जोडिएको समुदायमाथि अन्याय हुने दाबी गरिन् ।उनले पहिचा विरोधी नामाकरण आफुहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन् ।
उनले लामो समयसम्म प्रदेशको नामकरण नहुनु तर अहिले मुख्यमन्त्रीले अचानक नामकरण गर्ने योजना अघि सार्नुले थप शंका उब्जिएको बताइन् । प्रदेशसभा सदस्य तुम्बाहाम्फेले तत्काल नामकरणको बिषयलाई अगाडि नबढाउन समेत सरकारलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन