भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन
भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।
भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।
ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भारतीय पारी धर्मराएको थियो । भारतले अन्तिम चार विकेट मात्र १४ रनमा गुमायो ।
उता, न्युजिल्याण्डले ओपनरद्वय टम ल्याथम र डेभन कोनवेलाई सस्तो गुमाए पनि कप्तान केन विलियमसन र रोस टेलर पारी सम्हाल्दै टोलीलाई सहज जित दिलाए । विलियमसनले ५२ तथा टेलरले ४७ रन बनाए ।
फाइनलसम्म अंक तालिकामा न्युजिल्याण्डलाई उछिन्दै शीर्ष स्थानमा रहेको भारतले फाइनलमा भने हारको सामना गर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा