म्यानमारका दुई हजार ३०० बन्दी रिहा
म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो ।
पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ ।
राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो । म्यानमारमा गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेपछि सेनाको कदमका विरुद्धमा आन्दोलन भइरहेको छ ।
आन्दोलनका क्रममा सयौँको मृत्यु भएको छ भने अरु हजारौ घाइते र बन्दी भएका छन् । आन्दोलन अहिले पनि जारी रहेको छ । सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलगायत केही शीर्षस्थ नेताहरूलाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो । सेनाले नियन्त्रणमा लिएका नेताहरूलाई भ्रष्टाचारलगायतका विभिन्न मुद्दा लगाएको छ ।
उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न माग पनि आन्दोलनकारीहरूले गरेका छन् । सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्टिय निकायहरुले म्यानमारसँगको सहकार्य र सहयोग पनि बन्द गरेका छन् ।
गत बर्ष भएको निर्वाचनमा सूचीको पार्टीले धेरै ठाउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्र रूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाको माग थियो ।
सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोगसमेतले अस्वीकार गरेपछि नव गठित संसदको पहिलो बैठक तोकिएकै दिन सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन