शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा बढ्दै संक्रमण, एकैदिन २७ हजार बढी नयाँ संक्रमित

सोमबार, २१ असार २०७८, २२ : २०
सोमबार, २१ असार २०७८

बेलायतमा पछिल्लो २४ घन्टामा २७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७  हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।

नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ३० हजार ५३४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ९ जनाको  मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २३१ पुगेको छ ।

बेलायतमा ७ करोड ९० लाख बढी खोप वितरण

बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाई ५ सम्मको तथ्यांक अनुसार यहाँ ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।

बेलायतमा  पछिल्लो समयमा कोरोना संक्रमण दरमा तीव्रता आएपनि सरकारले आगामी जुलाई १९ बाट लकडाउन सहज बनाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप