मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमिताभ बच्चनमा सत्ताले पैदा गरेको थियो दम्भ, साथीलाई गरेका थिए ग्रुपबाट आउट

बिहीबार, ३१ असार २०७८, १३ : ०२
बिहीबार, ३१ असार २०७८

कादर खान हिन्दी सिनेमा एक हाँस्य कलाकार र खलनायकका रुपमा प्रसिद्ध थिए । उनी यसबाहेक फिल्मका डायलग पनि लेख्थे । धेरैलाई थाहा नहुन सक्छ, अमिताभ बच्चनका धेरै फिल्मका डायलग उनले लेखेका थिए । एक ढंगले भन्दा अमिताभलाई आजको स्थानमा पु¥याउन कादरको पनि ठूलो भूमिका छ । अमर अकबर एन्थोनी, शराखी, लावारिस, अग्निपथ आदी फिल्मका स्क्रिट कादरले नै लेखेका थिए । 

अमिताभ र कादरबीच राम्रो मित्रता थियो । तर, बिस्तारै बिग्रँदै गयो । अहिले एकपटक फेरि कादर खानको पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा कादरले आफ्नो बलिउडको संघर्षबारे बोलेका छन् । 
अमिताभ सांसद् बनेपछि कसरी उनीसँग  सम्बन्ध बिग्रियो भन्नेबारे पनि उनले बोलेका छन् । अमिताभसँगको सम्बन्ध बिग्रिएपछि धेरै फिल्मबाट आफु बाहिरिनु पर्दाको पीडा पनि पोखेका छन् । राजनीतिमा लागेपछि अमिताभ बिग्रिएको कादरको भनाइ छ । अमिताभमा सत्ताको दम्भ यति धेरै थियो कि उनले कादरलाई गाली दिन समेत पछि परेनन् । 

भिडियोमा कादरले भनेका छन्– 
‘मैले अमिताभ बच्चनलाई अमित भन्थें । एकपटक एकजना निर्माताले मलाई सोधे, ‘सर जीसँग भेट्नु भएको छ ?’ मैले सोधे,‘को सर जी ?’ उनले प्रतिप्रश्न गरे,‘तपाई चिन्नुहुन्न ?’ उनले अमिताभतर्फ इशारा गर्दै भने,‘उहाँ हाम्रो सर जी हुनुहुन्छ ।’ मैले भने,‘ ऊ त अमित हो ।’

त्यसपछि सबैले अमिताभलाई सर जी भनेर बोलाउन थाले, तर मेरो मुखबाट उनका लागि अमित जी वा सर  जी निस्केन । सर जी नभनेकै कारण मलाई उनको ग्रुपबाट निकालियो । 
के कसैलाई आफ्नो साथी वा भाईलाई कुनै अरु नामले बोलाउँछ ? के यस्तो संभव हुन्छ । मैले सर जी भन्न सकिँन र उनीसँगको सम्बन्ध राम्रो रहेन । यहीकारण म उनको फिल्म ‘खुदा गवाह’ मा अटाइँन । त्यसपछि उनको फिल्म ‘गंगा जमुना सरस्वती’ मैले आधा लेखें र छाडिदिए । यसपछि पनि मैले उनका केही फिल्म लेख्न थालेको थिएँ, तर छाड्न बाध्य भएँ । 

राजीव गान्धीको आग्रहमा राजनीतिमा 
अमिताभ बच्चन आफ्ना साथी राजीव गान्धीको आग्रहमा राजनीतिमा आएका थिए । १९८४ मा लोकसभा चुनावमा अमिताभ इलाहाबाद संसदीय सिटबाट चुनावी मैदानमा थिए र जिते । कादर भन्छन्,‘सांसद् बनेपछि अमिताभ फेरिए । उनीसँग मेरो राम्रो सम्बन्ध भए । तर, सांसद् बनेपछि म खुसी थिइँन, किनकी सत्ताको दुनियाँ यस्तो हो, जसले मानिसलाई बदल्छ । उनी सांसद् बनिसकेपछि मेरा पहिलेका अमिताभ रहेनन् ।’

कादर खान आफ्नो जीवनको अन्त्यतिर निकै समस्यामा थिए । २०१५ मा उनको घुँडाको अपरेशन गरिएको थियो र उनलाई हिड्न समस्या भयो । त्यसपछि उनले ह्विल चेयरको सहारा लिए ।  अन्त्यतिर उनको स्मरण शक्ति गुमेको थियो पनि भनिन्छ । ३१ डिसेम्बरमा क्यानेडामा कादर खानले अन्तिम सास फेरेका थिए । त्यही उनको अन्त्येष्टी गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप