३२ लागिन् भुमि, यस्तो छ फिल्मी संघर्ष
अभिनेत्री भुमि पेडनेकर आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । १८ जुलाई १९८९ मा मुम्बईमा जन्मिएकी भुमिले कठिन संघर्ष र मिहिनेतले बलिउडमा पहिचान बनाउन सफल भएकी हुन् । सन् २०१५ मा फिल्म ‘दम लगा के हईशा’बाट अभिनय करियर सुरु गरेकी उनले फिल्ममा दमदार महिलाको भुमिका निर्वाह गरेकी थिइन् । अक्सर अभिनेत्रीहरु आफ्नो तौल घटाएर फिल्ममा आएका छन् । उनले भने डेब्यु फिल्मका लागि तौल बढाएकी थिइन् । फिल्म रिलिज पछि चलचित्रको कथा र भुमिको अभिनय दुवै रुचाइएको थियो ।
थुप्रै अभिनेत्रीको भिडमा बलिउडमा आफ्नो परिचय बनाउन भुमिका लागि सहज थिएन । तर पनि उनले आफ्नो फरक पहिचान बनाउन सफल रहिन् । उनी १८ बर्षका रहदा उनका बुबाको क्यान्सरका कारण निधन भयो । बुबाको निधन पछि उनी र परिवारले निकै संघर्ष गर्नुपरेको थियो ।
भुमि निकै मेहनती छिन् । अभिनेत्री बन्नु अगाडि उनले ६ वर्ष यशराज फिल्ममा असिस्टेन्टको काम गरेकी थिइन् । उनी आफुलाई टिपिकल मुम्बई गर्ल समेत मान्दछिन् । भुमिले पर्दामा त्यस्तो मुद्दा उठाएकी छन् । जसका लागि अन्य हेरोइन पछि हट्ने गर्दछन् । उनले ‘शुभ मंगल सावधान’ र ‘टोयलेट एक प्रेम कथा’ जस्तो फिल्ममा काम गरेकी छन् । जसमा समाजको वास्तविकता देखाइएको थियो । जुन बिषयमा मानिस खुलेर कुरा गर्न हिच्किचाउने गर्दथे ।
भुमि छिट्टै अक्षयकुमारका साथ फिल्म ‘रक्षाबन्धन’मा समेत देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण