शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा बढी भाडा असुल्ने सवारीलाई कारबाही

सोमबार, ०४ साउन २०७८, १५ : २४
सोमबार, ०४ साउन २०७८

लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 

अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच गरिएको जनाएको छ ।

३ वटा सवारीले ४ जना यात्रुबाट बढी भाडा लिएको पाइएकाले ती सवारीसाधनबाट ८ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । यात्रुबाट बढी लिइएको बढी भाडा समेत फिर्ता गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप