फिल्म बनाउने योजनामा थिए राज कुन्द्रा
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा भारतीय व्यवसायी राज कुन्द्रा अश्लिल फिल्मको मामलामा नराम्रोसँग फसेका छन् । मुम्बई प्रहरीको क्राइम ब्रान्चले उनको अनुसन्धान गरिरहेको छ । यस विषयमा हरेक दिन केही न केही नयाँ खुलासा हुन थालेका छन् ।
वेभ सीरिज ‘गन्दी बात’ अभिनेत्री गहना वशिष्टले राज कुन्द्राको विषयमा नयाँ खुलासा गरेकी छन् । उनले राज कुन्द्रा आफ्नो साली शमिता शेट्टी लिएर फिल्म बनाउने तयारीमा रहेको बताएकी हुन् । गहनाले शमिता लिएर राज कुन्द्राले कस्तो फिल्म बनाउने तयारीमा थिए भन्ने विषय भने खुलाएकी छैनन् ।
‘म उनी पक्राउ पर्नु केही दिन अगाडि राज कुन्द्राको अफिसमा गएको थिएँ । त्यहाँ थाहा भयो कि नयाँ एप बलिफ्लेम ल्याउने प्लानिङ भइरहेको थियो’ गहनाले थपिन् ‘एपमा रियालटी शो, म्युजिक भिडियो, फिचर फिल्म लगायतको योजना थियो ।’ उनले शो क्रममा एक फिल्मको स्क्रिप्टमा समेत चर्चा भएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण