श्रीमान् पक्राउ परेपछि शिल्पाको सन्देश, ‘चुनौतीका लागि तयार छु’
बलिउड अभिनेत्री शिल्पा सेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए ।
श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।
राज कुन्द्रा पक्राउ परेपछि केही समय शिल्पाले सामाजिक सञ्जालमा कुनै पोस्ट गरेकी थिइन् । तर बिहीबार राति उनले इन्स्टाग्राम पेजमा पुस्तकका केही पानाहरू शेयर गरेकी छिन् । यसको सुरुवातमा अमेरिकी लेखक जेम्स थर्बरको एउटा भनाई उल्लेख छ,‘रिसमा पछाडि फर्केर नहेर्नुस् या डरमा अगाडी नफर्कनुस्, बरु जागरुतामा चारैतर्फ हेर्नुस् ।’
पुस्तकमा अगाडि लेखिएको छ,‘हामी रिसमा पछाडि फर्केर हेर्छौं र ती मानिसहरुलाई याद गर्छौ, जसले हामीलाई चोट पु¥याएका थिए । ती निराशाहरु र हामीले सहेका ती दुग्भार्यहरु याद गर्छौ । जागिर गुम्नसक्ने, बिरामी पर्नसक्ने वा आफ्नो मृत्युले दुखी हुनसक्ने संभावनाको डरले तड्पन्छौं । तर, हामीलाई जतिबेला ठाउँमा बस्न जरुरी हुन्छ, त्यो यही हो ।’
किताबमा अगाडि लेखिएको छ,‘म एक गहिरो सास लिन्छु । जिउँदो रनका लागि म भाग्यशाली छु भन्ने जान्नका लागि । मैले अतीतमा चुनौतीहरूको सामना गरिसकेको छ र भविष्यमा आउने चुनौतीहरूबाट बच्नेछु । आज मलाई आफ्नो जीवन जिउनबाट विचलित गर्नुपर्ने कुनै चुनौती छैन ।’
यही पोस्टमार्फत शिल्पाले भविष्यमा आउने चुनौतीहरूका लागि तयार रहेको र ती चुनौतीहरूको सामना डटेर गर्ने स्पष्ट गरेकी छिन् । २३ जुलाईसम्मका लागि राजलाई अदालतले न्यायिक हिरासतमा राखेको थियो, जो आज समाप्त हुँदैछ । उनलाई जमानत मिल्नेछ वा न्यायिक हिरासत थप बढाइने छ भन्नेमा धेरैलाई चासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण